सुत्केरी हुन नसक्दा  हेलिकप्टरबाट उद्धार

६ बर्ष अगाडि

तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको  छ । 

भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारकोे उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । 

६ बर्ष अगाडि

प्रतिक्रिया