पहिराले घर नै पुरिएपछि...

६ बर्ष अगाडि

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आज बिहान पहिराले एक घर पुरिएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गएरातिदेखि परेको वर्षाका कारण स्थानीय खण्टीदेवी केसीको घरमाथिबाट पहिरो आउँदा जस्ताले निर्माण गरिएको घर पुरिएको हो । पहिराले मानवीय क्षति हुन नपाए पनि निज केसीका तीन बाख्रा पहिरोमा परी मरेका छन् । 

पहिराले घर च्यापिँदा दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा निजका दुई बाख्राको जीवितै उद्धार गरिएको छ भने तीन वटा बाख्रा पहिरामा च्यापिएर मरेको अवस्थामा निकालिएको छ । पहिराका कारण उहाँको घरसहित करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । डोटीमा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया