काठमाडौं– नेमकिपाका सांसद प्रेम सुवालले २२ किलो सुन तस्करीका ठूला माछाबारे प्रश्न गरेका छन् ।
संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले सुन तस्करीमा ‘ठुला माछा र साना माछा’ भनेर आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले आशंका जन्माएको बताए । उनले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइनन्’ भनेर कटाक्ष समेत गरे ।
उनले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने पनि सो क्रममा बताए ।
उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने भन्दै राजधानी राख्ने ठाउँ काठमाडौ उपत्यकामा नभएको बताए ।
‘मेलम्चीको पानीले सडक धुने भनेको २९ बर्ष वित्यो । सिंहदरवारको अधिकार गाउँगाउँमा भनियो । तर, कालिकोट सदरमुकामको चामल गाउँमा पुगेन, मुस्ताङको स्याउ काठमाडौ आएन’ उनले व्यवहारमा संघीयता कार्यान्वयन नभएकोमा रोष प्रकट गरे ।
प्रतिक्रिया