पाल्पाको दोभानमा २ वटा सवारीसाधन पहिरोले पुर्दा १ जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुईवटा सवारीसाधन पुर्दा अन्य ६ जना घाइते भएका छन् ।
पाल्पाबाट बुटवल हिडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिँदा जिप चालक कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ ।
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ ।
विस्तृत विवरण भने आउन बााकी छ ।

प्रतिक्रिया