एडिबिबाट ११ अर्ब ५० करोड सहयोग ल्याइदै, यी काममा हुनेछन् खर्च

६ बर्ष अगाडि

काठमाडौं – सरकारले रु ११ अर्ब ५० करोड सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडिबी) सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ ।

‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि रु ५ अर्ब ७५ करोड र ‘रुरल इन्टरप्राइज फाइनान्सिङ परियोजना’का लागि रु ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायताका सम्बन्धमा वार्ता गर्न सरकारले उक्त वार्ता टोली गठन गरेको हो ।

यही भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया