किन बढाइयो हुलाकका कर्मचारीको तलब ?

६ बर्ष अगाडि

काठमाडौं–हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि भएको छ । सरकारले मन्त्रिपरिष्दा्बाट निर्णय गराएर हुलाकका कर्मचारीको तलब वृद्धि गरेको हो ।

यही भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको १८ प्रतिशतले पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले हुलाक सेवाका कर्मचारीको वृद्धि भएको पारिश्रमिक गत साउनदेखि नै लागू हुने जानकारी दिए ।

तलब वृद्धिको माग गर्दै आन्दोलन गर्ने तयारीमा रहेका हुलाकका कमचारीलाई सरकारको तलब वृद्धिको निर्णय सँगै आफूहरुको माग सम्बोधन भएको बताएका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया