काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।
सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो ।
सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो । त्यसपछि तस्करी प्रकरण बाहिर आएको थियो ।
प्रतिक्रिया