राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको नागरिक विद्येयकमाथिको छलफलमा तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिन नसक्ने बताए ।
छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै पनि निर्णय लिन नसक्ने बताएका हुन् ।
विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३र४ वर्ष समय लाग्ने उनले बताए ।
यता महिला सांसहरुले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको बताएका छन् ।
यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।
प्रतिक्रिया