मन्त्री टुंगो लगाउन उपेन्द्रले सकेनन्

८ बर्ष अगाडि

काठमाडौं–संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुग्यांउने जिम्मेवारी सो दलका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । 
फोरम नेपाल संसदीय दलको आज सिंहदरवारमा बसेको बैठकले अध्यक्ष यादवलाई सो जिम्मेवारी दिएको हो ।
बैठकमा मन्त्रीको विषयमा छलफल हुँदा कसलाई पठाउने भन्नेमा सहमति नबन्दा अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको हो । 
फोरम नेपालले दुईटा मन्त्रालय र एउटा राज्यमन्त्री पाएको छ । स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा जाने लगभग निश्चित भएको छ । बाँकी दुईजनाको नाम अध्यक्ष यादवले रातभरिमा टुगों लगाउने र भोली पार्टीको पदाधिकारी बैठकबाट अनुमोदन गराउने बताइएको छ । 
फोरम नेपालले स्वास्थ्य जनसख्या मन्त्रालय र शहरी विकास मन्त्रालय पाएको छ । मन्त्रीको आकांक्षीमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियाक राइन, प्रदीप यादव, रामसहाय यादव, हरिनारायण रौनियार लगायतका रहेका छन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया