गोगंबुको एक गेष्ट हाउसमा पुरुषको शव फेला, नारायणी नदीमा भेटियो महिलाको शव

६ बर्ष अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित न्यू रात्री अम्बरीकेसरी गेष्ट हाउसमा एक पुरुषको शव फेला परेको छ । 

रुकुम खाँडा घर भएका २५ वर्षीय बसन्त खड्का मंगलबार गेष्ट हाउसमा मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख इन्सपेक्टर सन्दीप दाहालले जानकारी दिए । 

खड्का मृत अवस्थामा भेटिएपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–११ एक्लेफाँटस्थित बीच बाटोमा एक पुरुषको शव फेला परेको छ । 

हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै नबलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–५ रामनगरस्थित नारायणी नदीको किनारमा एक महिलाको शव फेला परेको छ । 

हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीय महिला मंगलबर बिहान मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया