मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने केसी पक्राउ

६ बर्ष अगाडि

काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–३ का बिनोद बस्नेत र बिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसी रहेका छन् । 

केसीलाई सोमबार दिउँसो महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट पक्राउ गरेको हो । 

केसीले वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरुलाई मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटक–पटक गरी १९ लाख १० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

उनको साथबाट राजु केसीको नामको ०५–५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत बरामद भएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

केसीलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको महाशाखाले जनाएको छ ।   
 

६ बर्ष अगाडि

प्रतिक्रिया