मुक्तिनाथ विकास बैंक लिमिटेडले लघु बैंकिङ शाखाएका एक सदस्यकाे मृत्यू भएपछि उनकाे ऋण मिनाहा गरेको छ ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको ऋणको साँवा र ब्याज मिनाहा गरेकाे हाे ।
बैंकले मृतक मगरले जम्मा गरेकाे रकम रुपमा १ लाख ४३ हजार ७८४ रुपैयाँ समेत फिर्ता गरेकाे छ ।
मनमायाका छोरा तथा उनले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त इटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त बराबरको चेक हस्तान्तरण गरे ।
प्रतिक्रिया