गाडी हेर्नका लागि ७८ वर्षको उमेरमा अनसन !

८ बर्ष अगाडि

बैतडी– तीन दिन भयो ७८ वर्षीय दशरथ सिंह आमरण अनसनमा बसेका छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लाष्टिकको ओतमा सनसन बसेका छन् । अनसन किन ? उनको उत्तर छ– सडकमा गाडी गुँडेको देख्न पाऊँ !
जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग गर्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबार देखि सरकारसँग सडक सुविधाको माग गर्दै अनसन बसेका छन् ।  आजको राजधानी दैनिकमा विस्तृत समाचार छापिएको छ । 
 

८ बर्ष अगाडि

प्रतिक्रिया