असोज १४ बाट नयाँ नोट वितरण गर्दै राष्ट्र बैंक

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंक असोज १४ गते मंगलबारदेखि करिब ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ।

बैंकले यस बर्षको दसैं र तिहारका लागि उक्त नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकले तीन सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक)बाट सहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट सटही सुविधा दिने भएको छ।

राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म नयाँ सटहीका उपलब्ध गराउने भएको छ।

राष्ट्र बैंकले बैंकहरुमार्फत प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरले २० हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने तयारी भएको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया