राष्ट्रपतिसँग आइरिस सभामुखको भेट

६ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ले आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका  विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया