ख्याल गर्नुहाेस्, अब चेक काट्दा हस्ताक्षर नमिले कार्बाही हुन्छ

६ बर्ष अगाडि

चेकमा हस्ताक्षर मिलेन भने बैंकिङ्ग कसूर अनुसार कार्बाही हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले चेकमा हस्ताक्षर नमिलेमा एकसाताको समय दिने र  त्यसपछि बैंकिङ्ग कसूर अनुसार कालो सूचिमा राख्ने व्यवस्था गरेको हो । 

राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको छ ।
पैसा नभएको चेक काटेर चेक बाउन्स भएमा पनि एकसाताको समय दिने र कालोसूचिमा राख्ने राष्ट्रबैंकले जनाएको छ । 

राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले बैकिङ्ग कसूर अनुसार कार्बाही गर्ने नीति अख्तियार गरेको हो ।  बैंकिङ प्रणालीप्रति विश्वास कायम गर्न यस्तो नीति लियएको बताइएको छ । 

सो कार्वाहीबाट बच्नका लागि अब चेक र चेकबुक पनि अति जतन गर्नुपर्ने छ । खातामा रकम नहुँदा चेक काट्नु हुँदैन । चेक काटी हालेको अबस्थामा व्यालेन्स राम्ररी हेर्न जरुरी छ ।

त्यससँगै हस्ताक्षर मिल्यो वा मिलेन भन्ने विषय पनि अब राम्ररी हेर्नुपर्ने हुन्छ । यदी तपाईको हस्ताक्षर मिलेको छैन भने पनि तुरुन्त बैंकमा गएर आफ्नो हस्ताक्षरको बारेमा जानकार हुनुपर्ने भएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया