प्रभु मनी ट्रान्सफरले भारतको हिमाचंल प्रदेशस्थित एच पी स्टेट को अपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ ।
हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले रकम पठाउन सजिलोका लागि एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसंग सम्झौता गरेको हो ।
सम्झौता पछि अब नेपालीले एच पी स्टेट कोअपरेटिभ बैंकको २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सजिलो भएको छ ।
भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा नेपालमा आठ हजार भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट प्राप्त गर्न सकिने समेत रेमिट्यान्सले जनाएको छ ।
भारतको एचपीबाट पठाएको पैसा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न समेत सकिने बताइएको छ ।
प्रतिक्रिया