सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।
यसपटक समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।
यसअघि भने पेट्राेलियम पदार्थकाे मूल्य घट्दा र बढ्दा अँग्रेजी तारिख अनुसार नयाँ दिन शुरू भएपछि रातकाे १२ बजेदेखि मात्र लागू हुन्याे ।
यसपाली भने नेपालमा पहिलोपटक पेट्रोलियम पाइपलाइन उद्घाटन हुन लागेकाेले त्यसकाे सन्देश जनतालाई दिनका लागि दिउँसाेदेखि नै मूल्य घटाएकाे निगमले जनाएकाे छ ।
पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा औपचारिक उद्घाटन गरेका छन् ।
ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् ।
निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ ।

प्रतिक्रिया