पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन घट्याे पेट्रोलियम पदार्थकाे मूल्य

६ बर्ष अगाडि

सरकारले  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको छ । 

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । 

यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य आज  दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।  

नेपालमा पहिलोपटक पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन लागेको दिन नै इन्धनको मूख्य घटेको हो । 

पाइपलाइनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया