मन्त्री छान्न संघीय समाजवादी फोरमले बैठक बोलायो

८ बर्ष अगाडि

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जान तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैटक बोलाएको छ ।  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजेको लागि बैठक बोलाइएको हो । 
बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ ।  नेकपासँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने बताइएको छ । 
यद्यपी फोरमा मन्त्री बन्नेको लागि आकांक्षी धेरै रहेकाले नाम टुंगो लगाउन सकस परेको नेताहरु बताउँछन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया