काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको दुईबुँदे सहमतिबारे राजपा बोलेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सो सहमति सकारात्मक रहेको बताएका छन् ।
तर, उनले फोरम नेपालले नेकपासँग संविधान संशोधनका लागि गरेको सहमति सकारात्मक भए तापनि सहमति सरकारमा जाने भर्याङको रुपमा मात्र प्रयोग नहोस् भन्ने आशंका व्यक्त गरेका छन् ।
मंगलबार उनले महतोले भने, ‘यस्ता सम्झौता विगतमा हामीले धेरै गरिसक्यौं, कतिपय माग पूरा भए भने अधिकांश माग पूरा हुन बाँकी छ । त्यसैले, यो सहमति कार्यान्वयन गराउन फोरम अध्यक्ष उपेन्द्र यादवजी सचेत रहनुपर्छ ।’ ‘यो संशोधनका लागि सयौं मधेशीले सहादत प्राप्त गरे, हजारौं अंगभंग भए, सयौं मधेशीमाथि झुठा मुद्दा लागि हिरासतमा छन्, अर्बौंको धनमाल क्षति भयो । त्यसैले फोरमसँग भएको सहमति सकारात्मक छ,’ उनले थपे, ‘फोरमसँगको यो सहमतिले संविधान संशोधन र आन्दोलन दुवैका लागि बाटो खुला गरेको छ ।’
प्रतिक्रिया