सनराइज बैंकले स्थापना गरेको सनराइज म्युुचुअल फण्डले पनि इकाइ बिक्री गर्ने भएको छ ।
फण्डले ‘सनराइज फस्र्ट म्युचुअलफण्ड’ योजना बिक्री गर्ने भएको हो । रु एक अर्ब बराबरको सामुहिक लगानीकोष योजनाका इकाईहरु निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डले गत २३ गते इकाइ जारी गर्न अनुमति दिएको छ ।
बोर्डको अनुमति पाए सँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटलमार्फत अंकित मूल्य रु १० को १० करोड इकाई बिक्री गर्ने छ ।
प्रतिक्रिया