कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको गाडीमा आगजनी गरिएको छ ।
घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति करिब १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको कैलाली प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए ।’ आगलागी कसले र किन गरेको हो भन्ने बारेमा अझै यकिन भइनसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया