रवि लामिछानेलाई आइलाग्यो अर्को आपत, थुनामा राख्न माग गर्दै मुद्दा

६ बर्ष अगाडि

काठमाडौं – टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन परेको छ ।  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा उनीहरुमाथि दुरुत्साहनको आरोप छ ।
 
जिल्ला अदालतले लामिछाने र कँडेललाई धरौटी र रुकुलाई साधारण तारेखमा रिहा गरेपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता भएको हो । 

सोमबार सरकारी वकिल कार्यालयले  उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै पुनरावेदन दर्ता गराएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया