आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलले कामको शिलशिलामा आयरल्याण्ड पुगेका नेपालीले त्यहाँ राम्रो छाप पारेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका आइरिस सभामुख सेनले नेपालका सभामुख कृष्णबहादुर महरासँगको शिष्टाचार भेटवार्तामा आयरल्याण्डमा रहेका नेपाली समुदायको प्रशंसा गरेका हुन् ।
आयरल्याण्डमा अहिले करिब ३ हजारको संख्यामा नेपाली नागरिकहरु व्यापारलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै आइरिस सभामुख सेनले आफूहरु नेपाली समुदायले आयोजनापनि बताए ।
भेटमा सभामुख महराले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी दिँदै आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गरे ।
भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताउँदै नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद व्यक्त गरे ।
आयरल्याण्ड विश्वकै एक पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्दै उनले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताए ।
नेपालले पनि पर्यटन प्रवद्र्धनमा विशेष लगानी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना रहेको आफूले बुझेको सभामुख सेनले बताए ।
नेपालका हिमाली क्षेत्रहरुमा रहेका विद्यालय तथा हस्पिटलहरुमा आयरल्याण्ड सरकारले आर्थिक सहयोग गरिरहेको चर्चा गर्दै आयरल्याण्डले शिक्षा, पर्यटन, व्यापार, कृषिलगायतका क्षेत्रका सहकार्य गर्न सक्ने बताए ।
प्रतिक्रिया