तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन यही भदौ २५ र २६ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने वक्ताका रुपमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान स्योङ सू किनोट पनि सहभागी हुनेछन् ।
परिसंघका अध्यक्ष सतिसकुमार मोरले सो सम्मेलनमा विशिष्ट वक्ताको रुपमा भारतका ‘युनियन स्टेट मिनिष्टर’ आरके सिंहले सम्बोधन गर्ने बताए ।
सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन् । प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको पनि परिसंघका अध्यक्ष मोरले बताए ।
नेपालको पूर्वाधार विकासमा आवश्यक बाह्य लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा सो शिखर सम्मेलन तेस्रो पटक पनि आयोजना गर्न लागेको हो ।
परिसंघका अध्यक्ष मोरले विगतमा भन्दा यस वर्ष पूर्वाधार विकासका लागि विशेष रुपमा छलफल गर्न सो शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया