चिनियाँ विदेशमन्त्री नेपाल आएको मौका छोपेर केही महिलाहरुले चेलिबेटी बेचविखन नियन्त्रणको माग राख्दै चिनियाँ राजदूतावास अगाडि प्रदर्शन गरेका छन् ।
चीनमा नेपालका चेलिबेटी बेचविखन हुने गरेकोले त्यसको नियन्त्रणका लागि दवाव भन्दै महिलाहरुले दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।
चेलिबेटी बेचविखन बन्द गर, मानवतस्करी नियन्त्रण गर भन्दै आन्दोलनमा उत्रेका ९ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारी समूहका इन्चार्ज सीता ज्योतीसहित ९ जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीका इन्सपेक्टर विशाल तामाङ नेतृत्वको टोलीले चीन विरोधी गतिविधि गरेको भन्दै नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
आइतबार सााझमात्र नेपाल अएका चिनियाँ विदेशमन्त्री वाङ ३ दिने नेपाल भ्रमणको क्रममा छन् ।
प्रतिक्रिया