सांग्रिला डेभलपमेन्ट बैंकले ५०० जनालाई दैनिक निःशुल्क भोजन र १५०० जनालाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङ्गको धार्के गाउँपालिका ५ मा सञ्चालित फाउण्डेशनलाई रु.५० हजार सहयोग गरेको हो ।
फाउण्डेशनले धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्र्त्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ ।
बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउन्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई चेक हस्तान्तरण गरे ।
उनले आफ्नो सहयोगले सामाजिक कार्यमा थप टेवा पुग्ने पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया