सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट मन्त्री खनाल डिस्चार्ज भएका उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।
कृषि मन्त्री चक्रपाणी खनाल डिस्चार्ज भएका छन्। उनी पाँच दिन अगाडि डेंगु लागेर अस्पताल भर्ना भएका थिए ।
उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा उनलाई डेंगु संक्रमण भएको पुष्टि भएको थियो। थप उपचारका लागि उनी बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका थिए।
निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण उनमा देखिएका थिए।
प्रतिक्रिया