चार अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले हिजो एक सूचना मार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको थियो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मंसिर २४ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको टे«जरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी भदौ २३ गते परिपक्व हुनेछ । यस्तै बैंकले यही भदौ १६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।  

६ बर्ष अगाडि

प्रतिक्रिया