आइतबार राति झापामा अज्ञात समूहले बम बिष्फोट गराएको छ।
बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा र बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको छ । प्रहरीका अनुसार राति साढे १२ बजे बम विष्फोट भएको हो।
त्यस्तै, बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको छ। शक्तिशाली बम विष्फोट गराइएका कारण साहारा नेपालको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया