मनकामना लघुवित्त र स्मार्ट लघुवित्त गाभिने

६ बर्ष अगाडि

मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । 

रुपन्देहीमा रहेको मनकामनाका अध्यक्ष अजय गोयन्का र दाङ्गको स्मार्टअध्यक्ष शान्ति चौधरीले गाभ्ने÷गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुइ वित्तीय संस्था गाभिने निश्चित भएको हो । 

मर्जरपछि संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ। केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहने भएको छ । 

अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुने र स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ।

 नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति भएको र मर्जरपछि बन्ने संचालक समितिमा ३र३ जनाको प्रतिनिधित्व रहने सहमतिपत्रमा उल्लेख छ।

१० जिल्ला कार्यक्षेत्र रहेको मनकामनाको पूँजी ४ करोड ५५ लाख र कल इन एड्भान्समा रहेको २ करोड २७ लाख ५० हजारलाई पूँजीकृत गरी ६ करोड ८२ लाख ५० हजार तथा स्मार्ट लघुवित्तको १ करोड ४० लाख गरी गाभिएपछिको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्नेछ।

सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्नेछ। हाल मनकामनाका १६ वटा तथा स्मार्टका ७ वटा शाखा कार्यालय रहेका छन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया