कर्णाली राजमार्ग  दुइदिनदेखि अवरुद्ध

६ बर्ष अगाडि

शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग दुईदिनसम्म पनि खुल्न सकेको छैन ।

सो राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन ।     
     
शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाइएको छ ।     
     
 अवरुद्ध राजमार्ग खुलाउन दुई वटा डोजरले काम गरिरहेकाले आज रातिसम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताए । 

 राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रु बाटोमा नै अलपत्र परेका छन् ।     
 

६ बर्ष अगाडि

प्रतिक्रिया