काठमाडौं–सरकारले विदेशमा रहेका नेपालीले १०० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ। यसअघि सरकारले ५० ग्रामसम्म सुन ल्याउन दिने गरेको थियो ।
अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा विदेशबाट फर्किने क्रममा यात्रुले १०० ग्राम काँचो सुन पैठारी गर्न सक्ने व्यवस्था गरिएको बताए ।
यही छिद्र बाटोबाट समेत सुन तस्करी हुने गरेको भनिएको बेला सरकारले यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया