नेकपाकी सांसद नविना लामाले अर्थमन्त्रीले समानुपातिक सांसदलाई विभेद गरेको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका लागि दिइने रकममा विभेद भएको गुनसो गरेकी हुन् ।
प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुबीचमै विभेद रहेको उनको भनाई छ ।
“अर्थमत्रीलेनै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद गर्नुभयो, विभेदको निरन्तरता अब कार्यविधीमा पनि यस्तै आउछ कि?”, सांसद लामाले भनिन् “नीति निर्माण तहमै विभेद भयो भने जनतामा कस्तो सन्देश जान्छ ? बिचार गरियोस् ।”
प्रतिक्रिया