सम्पन्न भइसकेको योजनामा भुक्तानी दिन मन्त्रीहरुले रोकेको भन्दै सांसदहरुले प्रदेश २ प्रदेशसभा बैठक अवरुद्व गरेका छन् ।
कमिसनका लागि मन्त्रीहरुले भुक्तानी रोकेको भन्दै सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनासाथ सांसदहरुले भुक्तानी रोकेको विषयमा कुरा उठाउँदै संसद बैठक अवरुद्व गरेपछि सभामुख सरोज कुमार यादवले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
राजपाकै अर्को सांसद नेत्रविक्रम शाहले सरकारका मन्त्रीहरु कमिसन लिएर मात्र भुक्तानी गर्ने गरेको आरोप लगाउँदै यो सरासर गलत भएको बताए ।
प्रदेश सरकारले सम्पन्न भइसकेका योजनाको झण्डै एक अर्ब भुक्तानी रोकेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद शत्रुधन महतोले कमिसन दिन नचाहनेकै भुक्तानी रोकेको बताउँदै ३० प्रतिशतसम्म कमसिन दिनेलााई भुक्तानी दिइसकेको बताए ।
उनले एक साताभित्र भुक्तानी गरिदिने भनेर मुख्यमन्त्री प्रतिबद्वता जनाएपनि प्रतिबद्वता पूरा नगरेको बताए ।
सत्तासिन राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसद विदेश्वर यादव ‘विक्की’ ले सरकारकै कारण प्रदेश बदनामीतर्फ उन्मुख भएको भन्दै सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी नगरेसम्म बैठक अवरुद्व गर्ने बताए ।
राजपाकै अर्का सांसद उपेन्द्र महतोले सम्पन्न भइसकेका योजनाको भुक्तानी नदिएका कारण महोत्तरीमा ठेकेदारले आफ्नो सामग्री नै खोलेर लगेको बताए ।
प्रतिक्रिया