अर्थमन्त्रीको चेतावनी  : आगोसँग खेल्दा आफै जलिन्छ

६ बर्ष अगाडि

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई खेलौना नबनाउन चेतावनी दिएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १०औं वार्षिकोत्सव तथा साधारणसभामा मन्त्री खतिवडाले यस्तो चेतावनी दिएका हुन् ।

‘यो सरकार बजारप्रतिको विस्वास बढाउन चाहन्छ, तर केही साथीहरुले सेयर बजारलाई खेलौना बनाउने काम गरिरहनु भएको छ,’ उनले भने, ‘ यदि त्यसो गर्नु भएको हो भने आजैबाट बन्द गर्नुहोस, आगोसँग खेल्दा आफै जलिन्छ भन्ने हेक्का तपाईहरुले राख्न आवश्यक छ ।’

सेयर बजार घटेको समयमा लगानीकर्ता मात्रै हैन सरकार पनि निकै चिन्तिन भएको जानकारी गराउँदै सरकारका विषयमा विभिन्न समयमा फैलायका हल्लाको पनि आफू जानकार रहेको बताए । 
उनले सरकार सुदृढ पूँजीबजार विकासको पक्षमा रहेको भन्दै यही समयमा बजारलाई खेलौना बनाउनु तर्कसंगत नहुने बताए ।

उनले पूँजीगत लाभकरको देखिएको विवाद केही समयमा नै निष्कर्शमा पुग्ने समेत जानकारी गराए । त्यो भन्दा पहिले पूँजीबजार निकाय निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज ९नेप्से० जवाफदेही हुनुपर्ने बताए ।

उनीहरु जिम्मेवार हुनुपर्ने निकाय समयमा नै जिम्मेवार नहुँदा अर्थमन्त्रालय नै नियमक निकाय हो कि जस्तो देखिएको बताए ।

आगामी दिनमा नियामक निकायले नियामकको काम गरेको खण्डमा त्यो दिन नआउने र आउन पनि दिन नहुने दाबी गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया