अखिल नेपाल बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला सम्पन्न

६ बर्ष अगाडि

राष्ट्रिय जनमोर्चा निकट नेपाल बुद्धीजिवी संघको राष्ट्रिय भेला अाज काठमाण्डौमा सम्पन्न भएको छ,प्रा.डा.श्रीधर गौतमको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रिय समितिको चयन गर्दै अखिल नेपाल बुद्धिजीवी संघको राष्ट्रिय भेला सम्पन्न भएको हो ।

भाद्र २१ गते काठमाडौंमा सम्पन्न सो भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गर्नुभएको थियो । केन्द्रिय समितिका अन्य पदाधिकारिहरुमा उपाध्यक्ष–काजी गाउँले श्रेष्ठ(बाग्लुङ), महासचिव–योगेन्द्र ढकाल(काठमाडौं), सचिव–भरतमणि भण्डारी(काठमाडौं), कोषाध्यक्ष–भोला ढकाल(काठमाडौं), सचिवालय सदस्यहरुमा गोपाल गिरी(चितवन), दूर्गा खरेल(रुपन्देही) तथा सदस्यहरुमा रविमोहन ढकाल(कास्की), सिद्धीमान जि.सी.(प्यूठान), टोपाराम आचार्य(प्यूठान), जिवनारायण खनाल(अर्घाखाँची), भानुभक्त भारती(सुर्खेत), बैरागी जेठा(नुवाकोट), लिलाबहादुर जि.सी.(काठमाडौं), कमला थापा(बाग्लुंग), जनकराज तिवारी(नवलपुर), केशवराज खनाल(दांग), तारामणि न्यौपाने(कंचनपुर), योगराज आचार्य(कैलाली) हुनुहन्छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा बबिता थापा(किर्तीपुर), जितेन्द्र ढकाल(काठमाडौं), दयाराम संज्याल(कैलाली), गिरबहादुर महतारा(नवलपुर), धनबहादुर कुँवर(बाग्लुंग), साधुराम नेपाल(सिन्धुपाल्चोक हुनुहुन्छ ।

समितिको सल्लाहकारहरुमा लिलाबहादुर के.सी.(रुपन्देही), मनबहादुर खत्री(रुपन्देही), होमनाथ शर्मा(कास्की), चुनचुन के.सी.(दांग), नरेन्द्रबहादुर थापा(अर्घाखाँची), श्रीकृष्ण न्यौपाने(लमजुङ) रहेकाछन् । यसअघि भएको उद्घाटन समारोहमा मन्तव्य राख्नेहरुमा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल छैठौका अध्यक्ष विमल पोख्ररेल, अन्लाका अध्यक्ष पदम रोका, शिक्षक संघका अध्यक्ष सानुभाई कार्की, लेखक संघका अध्यक्ष डा.गोविन्द आचार्य, जनजाती सम्मेलनका उपाध्यक्ष के.बी.थापा, कम्युनिष्ठ संग्राहलयका महासचिव डा.खेम बन्धु कोइराला, प्रगतिशील पत्रकार संघका महासचिव उदय जि.एम., युगदर्शन साप्ताहिकका सम्पादक विद्यानाथ अधिकारी थिए। भेलामा राजमोका सचिव हिमलाल पुरा तथा किसान संघका के.स.सावित्रा रेग्मी समेतको अतिथ्यता रहेको थियो ।

भेला संघका अध्यक्ष प्रा.डा.श्रीधर गौतमको अध्यक्षता, महासचिव योगेन्द्र ढकालको स्वागत भाषण तथा समिर सिंहको संचालनमा रहेको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया