मर्जरमा जान अटेर गर्ने लघुवित्तलाई राष्ट्र बैंकको नयाँ बाध्यकारी योजना

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले स्वेच्छिक मर्जरमा नजाने लघुवित्तलाई चुक्ता पुँजी वृद्धि गरेरै भए पनि मर्जरमा लाने भएको छ ।

स्वेच्छिक मर्जरमा जान पटक पटक निर्देशन गरेता पनि अटेर गरेपछि नेपाल राष्ट्र बैंकले  मर्जरमा जान बाध्यकारी व्यवस्था गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ‘केन्द्रीय स्तरका लघुवित्तलाई ४०–५० करोड र क्षेत्रीय स्तरकालाई २०–२५ करोड चुक्ता पुँजी बनाउने तयारी गरीएको छ।

देश भरमा अहिले ९४ वटा लघुवित्त सञ्चालनमा रहेका छन् भने अहिलेसम्म ११ लघुवित्त मात्र स्वेच्छिक मर्जरमा गएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया