भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दशैं अगाडि नै आवस्यक उपकरण जडान हुने भएका छन् ।
विमानस्थलमा आवस्यक उड्ययन तथा मौसमसँग सम्बन्धित उपकरणहरु दशैं अगाडि नै भित्रने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
आवस्यक उपकरण मध्ये सञ्चार, मौसम पुर्वानुमान सम्वन्धित उपकरणहरु, नेभिगेसन एण्ड सर्भिलेन्स इक्विपमेन्ट, एयर ट्रान्स्पोर्ट मेनेजमेन्ट (एटिएम) सँग सम्वन्धित उपकरणहरुको ठेक्का थाइल्याण्डको सरकारी कम्पनी एरो थाईले लिएको छ ।
रनवे लाइट, एयर कन्डिसन तथा धावनमार्ग, टर्मिनल विल्डिङ, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोन लगायत सिभिल निर्माणका लागि आवस्यक पर्ने उपकरण विमानस्थलको ठेकेदार रहेको चिनियाँ कम्पनीले ल्याउने दशैं अगाडी नै आइपुग्ने विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।
उपकरणहरु नेपाल ल्याएपछि धमाधम जडानको कार्य गरिने आयोजनाले जनाएको छ । चिनिया कम्पनीले ल्याउने उपकरण १० दिन पछि नेपाल आउने र एरोथाईले ल्याउने आइसिबी २ अन्तर्गत रहेका उपकरण ल्याउन सिपिङका लागि अन्तिम तयारी भइसकेको छ आयोनजा प्रमुख अधिकारीले बताए ।
उपकरण आइसकेपछि शुरुमा धावनमार्ग, टर्मिनल विल्डिङ, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोन लगायतका सिभिल निर्माणमा उपकरण जडानको काम हुननेछ।
थाइ एरोले पनि निर्माण कम्पनीसँग समन्वय गरेर उपकरण जडानका लागि अध्ययन सुरु गरिसकेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया