ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन्।
शनिबार भएको निर्वाचनमा सुवेदीले अञ्जान थापा (कुमार) लाई पराजित गरेका हुन्। सुवेदीले ५२१ र थापाले ४३८ मत पाएको निर्वाचन समितिले जनाएको छ। एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो।
महासचिवमा सरिता लामा विजयी भइन् । उनले कर्मा शेर्पालाई १३ मतले पराजित गरिन्।
वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा दामोदर ढकाल निर्वाचित भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ र महिला सदस्यमा ङिमा दिकी शेर्पा निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्या
प्रतिक्रिया