मानव तस्करको निसानामा शिक्षित र प्रविधिमा पहुँच राख्ने युवापुस्ता

६ बर्ष अगाडि

काठमााडौं– पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौति सिर्जना गरेको पाइएको छ । 
ओसारपसारको धन्दाका रुपहरु फेरिँदै जान थालेपछि यसले ठूलो चुनौति थपिदिएको छ । 
यस्ता गतिविधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरुले बताएका छन् । 
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उपार्जनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया