हेटौंडा–फाखेल खण्ड अन्तर्गत मकवानपुरको चिसापानीमा ना १ ज ३६४० नम्बरको सुमो दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिकामा पर्ने चिसापानीमा भएको दुर्घटनामा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनीको मृत्यु भएको हो ।
वाईवा र सहनीको हेटौंडा अस्पतालमा र १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्युभएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए ।
दुर्घटनामा ८ यात्रु घाईते भएका छन् । उनीहरुको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा १० महिने बालिका समरागीकी आमा सविता पनि आमा सविता घाईते भएकी छिन् ।
टाटासुमो सडकबाट ५० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया