वीरगन्जमा एक छात्रा माथि एसिड प्रहार भएको छ । वीरगन्ज छाप्कैयाकी मुस्कान खातुनमाथि आज बिहान साढे ६ बजे दुई व्यक्तिले एसिड प्रहार गरेका हुन् ।
त्रिभुवन हनुमान मावीमा कक्षा ९ मा अध्ययनरत मुस्कानमाथी विद्यालय जाने क्रममा वीरगन्ज–५ गणेशमान चोकमा पुग्दा एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
एसिडले मुस्कानको छाति, हात र मुख लगायत शरिरको एकातर्फको भाग एसिडले पुरै जलेको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले बताए ।
एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय संसाद मिया र १७ वर्षिय माजिद आलम रहेको प्रहरीले जनाएको छ ।

एसिड प्रहार गरेर फरार भएका उनीहरुमध्ये संसादलाई लिएको र मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मुस्कानलाई वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको आफन्तले जनाएका छन् ।
बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । उनलाई थपउपचारको लागि का अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया