काठमाडौं – एटीएम ह्याक भएपछि त्रसित बनेका बैंकहरु साँझ नपर्दै एटीएम काउन्टर बन्द गर्न थालेका छन् ।
गत शनिबार चिनियाँ नागरिकले एटीएम ह्याक गरी पैसा झिकेपछि बैंकहरुले सुरक्षाको कारण देखाउँदै साँझ नपर्दै एटीएम काउन्टर बन्द गर्न थालेका हुन ।
जसका कारण २४सैं घण्टा खुल्नुपर्ने एटीएम १२ घण्टा पनि मुस्किलले खुल्ने गरेका छन् ।
चिनियाँ हृयाकरको आक्रमणपछिअहिले एउटा बैंकको एटीएममा अर्को बैंकको एटीएम प्रयोग गरेर रकम निकाल्न सकिँदैन ।
प्रतिक्रिया