राष्ट्र बैंकले किन घटायो एटिएमबाट निकाल्ने पैसाको सीमा ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्ने पैसाको सीमा घटाएको छ । चिनियाँ ह्याकरले एटीएमबाट पैसा लुटेपछि केन्द्रीय बंैकले यस्तो व्यवस्था गरेको हो ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक दिनमा बढीमा रु ६० हजारसम्म मात्र झिक्न पाउने व्यवस्था गरिएको बताए ।

उनले सुरक्षाका कारण केही समयका लागि एटीएमबाट झिक्ने पैसाको सीमा घटाएको स्पष्टपारे । यसअघि एक दिनमा रु एक लाखसम्म झिक्न पाउने व्यवस्था थियो ।

मिश्रका अनुसार एक पटकमा रु २५ हजारसम्म पाइनेमा अब सीमा रु  ५ हजार घटाएर रु २० हजार मा सीमित गरिएको छ । यो व्यवस्था कार्यान्वयनका लागि बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुमा परिपत्र गरिसकेको उनले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया