कृषि फार्म स्थापना आग्रह

६ बर्ष अगाडि

सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीका अगुवालाई उत्पादनका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ । 

नेपाल सहकारी पत्रकार समाज ९सिजेएन० को नवौँ वार्षिक स्थापना दिवसमा अयोजित कार्यक्रममा उहाँले ‘एक पालिक एक कृषि फार्म’ स्थापना गर्न सहकारी अगुवालाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले आफूले आफ्नो माइती गाउँ ९स्याङ्जा० बाट तीन हजार  कागतीका बिरुवा रोपेर एक पालिक एक कृषि फार्मको अवधारणा अघि सारेको बताउँदै सहकारी अगुवाले पनि ७५३ स्थानीय तहमा कृषि फार्म स्थापना गर्न आग्रह गर्नुभयो ।  

हाल देशमा ३५ हजार सहकारी संस्थासँग कूल पूँजी रु सात खर्ब रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा झण्डै ६५ हजार मानिस सहकारी संस्थामा आबद्ध छन् । यस वर्षको नेपाल सहकारी पत्रकार समाज (सिजेएन) पत्रकारिता पुरस्कार क्लिकमाण्डु अनलाइन खबरका समाचारदाता सविन थपलियालाई रु पाँच हजार १११ नगदले सम्मान गरिएको छ । 

आजै नेपाली लाइभ अनलाइन खबरका पत्रकार हेमन्त जोशीले सिजेएनको थप विकासका लागि रु १५ हजार संस्थाका कोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गर्नुभयो । कार्यक्रममा सहकारी राष्ट्रिय महासङ्घका अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ को संशोधन अपरिहार्य भएको बताउनुभयो । 

६ बर्ष अगाडि

प्रतिक्रिया