एटीएम ह्याकिङ प्रकरण : तीन महीनाभित्र चिप कार्ड जारी गर्न बैंकहरुलाई सुझाव

६ बर्ष अगाडि

नेपालका बैंकहरुलाई एटीएममा प्रयोग हुने स्ट्रिप कार्ड तीन महीनाभित्र विस्तापित गरी चिप कार्ड प्रयोग गर्न एटीएम ह्याकिङ घटनाको अध्ययन गर्न गठित समितिले सुझाव दिएको छ । 

एटीएम ह्याक म्याग्नेटिक स्ट्रप कार्डबाट ह्याक भएको ठहर गर्दै समितिले तत्काल चिप कार्ड प्रयोगमा ल्याउन सुझाव दिएको हो । त्यसका लागि नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण टर्मिनल डिभाइस (पीओएस÷एटीएम) लाई ३ महिनाभित्र चीप र पीन  स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन भनिएको छ ।

समितिले विभिन्न सुझाबहरु सहित राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जीवी नेपाललाई आज प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एटीएम कक्षमा जडित सीसी टिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।  

साथै, यस्तो अनुगमन शनिबारलगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्न सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको सुझाव दिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया