अब खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सप्तरीको कंचनरुपमा एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।
नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनको भनाई थियो ।
प्रतिक्रिया