दशैंकाे अग्रीम टिकट बुकिङ्गमा अन्याेल : क्षतविक्षत सडकमा खाली गाडी कसरी कुदाउने ?

६ बर्ष अगाडि

दशैंका लागि अग्रिम टिकट बुकिङ्गमा यातायात व्यवसायीले सरकारसँग विभिन्न शर्तहरु राखेका छन् । 

बुधबार यातायात व्यवस्था विभागमा भएको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासघंले सडकको अवस्था क्षतविक्षत भएकोले समयमै ममर्त गर्नुपर्ने र यात्रु पु¥याएर फर्कँदा खाली गाडी कुदाउनुपर्ने भएकोले समस्या समाधान गर्नुपर्ने शर्त सरकारसँग राखेका हुन। 

महासंघका महासचिव सरोज सिटौलाले सडक मर्मतको कुरा सरकारले प्राथमिकताका साथ पूरा गर्नुपर्ने बताए । 

“खाली मुग्लीङ्ग–पोखरा, नारायणगढ पु¥याएर भएन, गाउँगाउँमा यात्रु पु¥याउन बाटोघाटो क्षतविक्षत छन्”, उनले भने “जहिलेपनि गर्छौँ भनेर मात्र भएन, समयमै सडक मर्मत हुनुप¥यो भन्ने कुरालाई कडा रुपमा उठाएका छौँ ।”

सिटौलाका अनुसार यसपटक दँशैमा नयाँ गाडीहरु नथपिने भएको कारण भएका गाडीहरुबाट नै सेवा दिनुपर्ने हुन्छ । त्यसैले गएका वर्षहरुमा भन्दा यसवर्ष दसैंमा लामो रुटमा चल्ने सार्वजनिक सवारीको संख्यामा कमी आउने उनको भनाइ छ । 

यातायात व्यवासायीहरुले यात्रुहरु पु¥याएर फर्कँदा खाली गाडी फकर्नुपर्ने भएकोले त्यसको इन्धनको खर्चको व्यवस्थापनका लागि पनि सरकारसँग शर्त राखेका छन् ।  “फर्किंदा कुद्ने खाली गाडीको लागि हिँजो समितिहरुले इन्धनको व्यवस्था गर्थे तर अहिले समितिहरु छैनन”, उनले भने “इन्धनको व्यवस्था कसरी गर्ने भन्ने विषय छलफलकै क्रममा छ ।” 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने अर्को सातामा अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको बताए । उनले दुई पक्षीय छलफलमा सबै तयारी पूरा गर्ने सहमति भएको उनको भनाइ छ । 

यहि विषयमा छलफल गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठक आज बस्दै छ । महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई दिने र अन्य समस्याको विषयमा पनि छलफल हुने महासंघले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया